०३ माघ २०८१

सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त.. अध्यक्ष थापा

२ पुष २०७५, सोमबार १३:३७ मा प्रकाशित

कैलाली, २ पुस,, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताउनुभएको छ ।

धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणालीअन्तर्गत सृदृढ, बलियो स्थानीय स्वायत्त शासन नै उपयुक्त हुने र यसले मात्र देशलाई स्थायित्व दिनसक्ने बताउनुभयो ।

अध्यक्ष थापाले २०६२÷६३ को राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने क्रममा जे–जस्ता कार्य भए त्यसले वर्तमान समयमा विभिन्न विकृति र विसङ्गति बढाएकाले हामी सबैले यसको सुधार गर्नुपर्नेमा जोड दिनुभयोे ।सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उहाँले नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र स्थापित गर्न त्यति सहज नभएपनि असम्भव पनि नभएको जिकिर गर्नुभयो ।अध्यक्ष थापाले पार्टीको वर्तमान कार्यनीति सङ्गठन निर्माण, जनपरिचालनसम्बन्धी कार्यक्रम, पार्टी एकता र फागुन ७ गतेदेखि जनसङ्घर्ष कार्यनीति लिएर आफ्ने पार्टी अगाडि बढिरहेको बताउनुभयो । (तस्बीर उपलब्ध छ)
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter