कपिलबस्तु/संवाददाता
नेपाल मा पर्ने कपिलबस्तु जिल्ला को भारतीय छिमेकी जिल्ला सिद्धार्थनगर मा आज १० किलो चरेस सहित नेपाली युवक पक्राउ परेको छ।
एसएसबी ५० वी वाहिनी का जवान हरु पेट्रोलिंग गस्ती गर्ने क्रममा दिउसो बिशेष सुचना को आधार मा महादेव बुजुर्ग रेलवे स्टेशन मा उक्त व्यक्ति लाई रोकेर शोधपुछ र खान तलासी लिने क्रममा उस्को झोला बाट १० किलो चरेस बरामद गरियो। जस्को अनुमानित मूल्य अन्तर्राष्ट्रीय बजार मा २ करोड़ पर्ने बताइएको छ। पक्राउ परेका व्यक्ति ले आफ्नो नाम सोमदत्त कोहार ठेगाना कृष्नानगर नगरपालिका ५ डबरा बताएका छन। सो क्रममा महादेव बुजुर्ग वीओपी प्रभारी उप निरिक्षक वरूण कुमार, हेड कांस्टेबल बबला पाल, कांस्टेबल विकास, मृत्युंजय सिंह, नन्दकुमार र संजित कुमार को उपस्थित थियो। उक्त जानकारी भारतीय एसएसबी ले दिएको छ।
तपाईंको प्रतिकृयाहरू