१८ माघ २०८१

राजापाक्षेद्धारा राजिनामा

१ पुष २०७५, आईतवार १२:०८ मा प्रकाशित

कोलम्बो, २९ मङ्सिर,,  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिनुभएको छ ।

राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको भिडियोहरू सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले सामाचार प्रकाशन गरेका छन् ।

राजापाक्षेको पार्टीका एक जना सांसद शेहान सेमासिङ्घेले वक्तव्य दिएर उहाँले राजीनामा दिनुभएको बताउनुभयो ।

वक्तव्यमा उहाँले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गर्नुभएको छ । अहिलेको राजनीतिक द्वन्द्व अन्त्य गर्नका लागि संसदीय निर्वाचन माग गर्ने आफुहरूको मुख्य मुद्दा हुने उहाँको भनाइ छ ।

उहाँलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेको र संसद् विघटन गरेको विषयलाई सर्वोच्च अदालतले अवैध भएको फैसला गरेपछि उहाँले राजीनामा दिनुभएको हो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter