१८ माघ २०८१

भारत प्रशासित काश्मिरमा भीडन्त

१ पुष २०७५, आईतवार १२:०० मा प्रकाशित

श्रीनगर, भारत प्रशासित काश्मिर, २९ मङ्सिर,,  भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मी र सो क्षेत्रमा आतङ्ककारी क्रियाकलापहरु सञ्चालन गर्दै आएका हतियारधारीबीच भीडन्त भएको छ ।

प्राप्त समाचारअनुसार श्रीनगर शहरबाट करिब ३५ किलोमीटर पश्चिममा पर्ने खारपोरा सिर्नाे भन्ने स्थानमा शनिबार बिहान सुरक्षा गस्तीमा रहेका भारतीय अर्धसैन्य बलमाथि हतियारधारी अज्ञात समूहले आक्रमण थालेपछि भीडन्त शुरु भएको बताइएको छ ।

काश्मिरका एकजना प्रहरी अधिकारीले भनेका छन्, भारतीय सुरक्षा दस्तामाथि भएको हमलापछि बिहानदेखि काश्मिरमा सो गोली हानाहान भएको छ, तर अहिलेसम्म कतैतर्फ पति हताहतको समाचार भने प्राप्त भएको छैन ।

सो क्षेत्रमा हतियारधारीतर्फका केही लडाकूहरु च्यापिएर रहेका अनुमान गरिएको पनि ती अधिकारीले सिन्ह्वा समाचार समितिले जानकारी दिएका छन् । उनका अनुसार सो क्षेत्रमा थप प्रहरी र अर्ध सैन्य बल पठाइएको छ र उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिएको छ ।

उक्त क्षेत्रको मोबाइल फोन सेवा रोकिएको छ भने त्यस वरपरको राजमार्ग र शाखा बाटोहरु पनि बन्द गरेर हतियारधारीलाई नियन्त्रणमा लिने प्रयास जारी राखिएको अधिकारीहरुले जनाएका छन् ।

ती अधिकारीले भने, हामीले भर्खरै प्राप्त गरेको जानकारीअनुसार पनि दुवै तर्फबाट गोलीको वर्षा भइरहेको छ र क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन । हामी क्षतिको विवरणको पर्खाइमा छौँ ।

सो क्षेत्रमा प्रतिबन्धित मुस्लिम समहूका हतियारधारीहले समय समयमा यसरी सुरक्षाकर्मीमाथि नै आक्रमण गर्ने गरेका छन् । उनीहरुमाथिको कारबाहीका क्रममा गएको बुधबारमात्र पनि दुई जना हतियारधारी मारिएका भारतीय सुरक्षाकर्मीले जानकारी दिएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter