१० माघ २०८१

बाघको छालासहित दुई जना पक्राउ

२६ मंसिर २०७५, बुधबार १०:४५ मा प्रकाशित

काठमाडौँ, २६ मङ्सिर,,   महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ र सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारीलाई मङ्गलबार पक्राउ गरेको हो ।

प्रभागका प्रमुख मोहनविक्रम केसीले पहेँलो रङ्गको झोलाभित्र आठ फिट आठ इन्च लम्बाइ र दुई फिट चौडाइ भएको बाघको छालासहित गोँगबुस्थित नयाँ बसपार्कको आकाशे पुलबाट तामाङ र अधिकारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter