१८ माघ २०८१

भारतमा मतगणना, भाजपा र कङ्ग्रेसबीच कडा टक्कर

२५ मंसिर २०७५, मंगलवार १२:३९ मा प्रकाशित

भोपाल, भारत, २५ मङ्सिर,,   भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ ।

हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलङ्गाना रहेका छन् ।

मध्यप्रदेश र राजस्थानमा यसअघि भारतीय जनता पार्टीको सरकार थियो । उक्त दुवै राज्यमा कङ्ग्रेसले कडा टक्कर दिइरहेको छ । मध्यप्रदेशमा २३० सदस्यीय विधानसभामा कङ्ग्रेस ११० र भाजपाले १०८ स्थानमा अगाडि छन् । यहाँ मतगणना जारी छ ।

अर्को महत्वपूर्ण राज्य राजस्थानमा कङ्ग्रेसले ५२ र सत्तारुढ दल भाजपाले ३९ स्थानमा अग्रता बनाएका छन् । यहाँको विधानसभा २०० सदस्यीय छ ।

दुवै पार्टीका नेता, कार्यकर्ता र समर्थकहरु सडकमा उत्रिएर नाराबाजी गरिरहेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter