कपिलबस्तु मंसिर २५,, कपिलबस्तुको कृष्णनगर न.पा. वडा नं.३ झन्डेनगरमा रहेको जामिया सेराजुल्ल उलुम मदरासा मा ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुको आयोजनामा स्थानिय, भद्र-भलाल्मी,शिक्षक, विधार्थी र पत्रकार,बुद्धिजिबीहरु को उपस्थित मा उक्त मदरासाको हलमा भेला जम्मा गराई “लागुऔषध दुर्वेसनी” सम्बन्धी जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम सोमवार सम्पन्न गरियो। उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय कृष्नानगर का प्रमुख प्र.नि. सुर्य बहादुर बोगटीले लागु औषध दुर्वेसनिवाट समाजमा हुने घटना, असर तथा प्रभाब सम्वन्धी जनचेतनामुलक भनाई राख्नु भएको र उक्त कार्यक्रम मा जामिया सेराजुल्ल उलुम का प्रवक्ता मौलाना मसहूद खां नेपालीले नेपाल भित्र पचास हजार मान्छे नशाको शिकार भएर आफ्नो जीवन बरबाद गरेका छन्।व्यापारको र अन्य काम ले अभिभावक हरु देश विदेश बसेका हुन्छन र यहा छोरा छोरी.हरु घर मा एक्लै बसी नशा युक्त पदार्थ हरु को प्रयोग गर्दै आएको मन्तव्य राख्नु भयो।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू