काठमाडौँ, २४ मङ्सिर,, नेपाल व्यापार सङ्घ नयाँ सडकले मानवसेवा आश्रम गोङ्गबूलाई कम्बल वितरण गरेको छ । सङ्घले आज बिहान आश्रममा रहेका बालबालिका र वृद्धवृद्धालाई रु दुई लाख ५० हजार मूल्य बराबरको ११२ थान कम्बल वितरण गरेको हो । सो आश्रममा हाल ४७ बालबालिका तथा वृद्धवृद्धा रहेका छन् ।
कार्यक्रममा मानवसेवा आश्रमका संरक्षक डा गोविन्द टण्डनले आश्रमले खुला आकाशमुनि रहेका असहाय व्यक्तिलाई उद्धार गरी उपचार र पालनपोषण गरेको भन्दै यहाँका बालबालिका तथा वृद्धवृद्धालाई न्यानो कपडा सहयोग गरेर व्यापार सङ्घले मानवसेवाको क्षेत्रमा उत्कृष्ट काम गरेको बताउनुभयो ।
नेपाल व्यापार सङ्घका अध्यक्ष कुमार कार्कीले आगामी दिनमा पनि व्यापार सङ्घ सामाजिक सेवाको क्षेत्रमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । आश्रमका संयोजक सुमन बर्तौलाले सडकमा बसिरहेका असहाय व्यक्तिलाई आश्रमले आश्रय दिएको बताउँदै यस्ता व्यक्तिलाई राज्यले पनि सहयोग गर्नुपर्ने बताउनुुभयो ।
विसं २०६९ भदौ १३ गते हेटौँडाबाट शुरु भएको आश्रम हाल ११ जिल्लामा सञ्चालनमा रहेको छ । मकवानपुुुरमा मुख्य कार्यालय रहेको आश्रमले चितवन, काठमाडौँ, गोरखा, कैलाली, पर्सा, लमजुङ, कास्की, रुपन्देही र ललितपुुमा शाखा कार्यालय स्थापना गरी असहायको सेवा गर्दै आएको छ । मानवसेवा आश्रमले हाल देशभर पाँचसयभन्दा बढी असहाय बालबालिका तथा वृद्धवृद्धाको सेवा गर्दै आइरहेको छ ।
–––
तपाईंको प्रतिकृयाहरू