गलेश्वर, २४ मङ्सिर ,, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका एक व्यक्तिले दिवङ्गत आफ्ना पितृको स्मृतिमा मन्दिर निर्माण गरेका छन् ।
भकिम्लीको राखु निवासी कृष्णबहादुर पुनले आफ्ना दिवङ्गत बाजे सुवेदार चक्रबहादुर पुन र बजै देवीसरा पुनको स्मृतिमा रु दुई लाख ५० हजारको लागतमा कमलजैसी मन्दिरको निर्माण गर्नुभएको हो ।
पश्चिमका देवताका नामले समेत पुकारीने कमलजैसीको नवनिर्मित भवनको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको स्थानीयवासी राजीन रोकाले जानकारी दिनुभयो ।
वर्षौंदेखि खुला स्थानमा कलमजैसी देवताको पूजाआजा हुँदै आएको भकिम्लीको डाँडाखानीमा मन्दिर निर्माण भएपछि सहज भएको स्थानीयवासीले बताएका छन् । मन्दिरको वरिपरि घेराबार गरिनुका साथै पूजाआजाका लागि सहज हुने गरी भौतिक पूर्वाधार निर्माण पनि गरिएको रोकाले बताउनुभयो ।
कृषि प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थी म्याग्दीमा
म्याग्दीको मालिका गाउँपालिका–७ विममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि नेपालका १८ वटा जिल्लाबाट विद्यार्थी आएका छन् ।
कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधारको अभाव हुँदै गएको छ । शिक्षालयमा छात्र (केटा) को तुलनामा छात्रा (केटी) को सङ्ख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ ।
२०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महीने जेटिए, गत वर्षदेखि तीन वर्षे आइएससी (एजी) र यस वर्षदेखि भेटेनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १८ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजक करन कँडेलले बताउनुभयो । संयोजक कँडेलका अनुसार जेटिए र आइएससी (एजी) विषयमा १२३ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ७३ छात्रा र ५० छात्र रहेका छन् ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू