०९ माघ २०८१

नयाँ बीमा योजना शुभारम्भ

२३ मंसिर २०७५, आईतवार १६:२९ मा प्रकाशित

काठमाडौँ, २३ मङसिर (रासस) ः सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको हो ।

बीमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका अध्यक्ष कुमारप्रसाद कोइरालाले जानकारी दिनुभयो । बीमा कम्पनीलाई देशकै उत्कृष्ट बनाउने योजनाका साथ अघि बढेको दाबी गर्दै उहाँले जीवन सुरक्षाका लागि बीमा अनिवार्य भएको बताउनुभयो ।

बीमामा १६ देखि ६० वर्ष उमेर समूहले सहभागिता जनाउन सक्नेछन् । कम्पनीका सद्भावना दूत कलाकार जीतु नेपालले आफ्नो जीवन सुरक्षाका लागि बीमा गर्नुपर्नेमा जोड दिनुभयो । न्यूनतम रु पाँच लाखमा जीवन बीमा गर्न सकिने भन्दै कम्पनीले प्रतिहजार विमाङ्कमा रु ७० बोनस सुनिश्चित रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

कम्पनीको अधिकृत पूँजी रु ३०० करोड र जारी पूँजी रु २०० करोड रहेको विमा कम्पनीमा चुक्ता पूँजी रु १४० करोड रहेको कार्यक्रममा जानकारी दिइयो । कुल बीमा लेख सङ्ख्या सात हजार ३३२ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न २५ वटा कार्यालयबाट सेवा दिँदै आएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter