०३ माघ २०८१

कृषकलाई अनुदानमा जैविक मल र दाना

२० मंसिर २०७५, बिहीबार १२:१० मा प्रकाशित

बेझाड, २० मङ्सिर,,  कृषकलाई व्यावसायिक बनाउन रामपुर नगरपालिका वडा नं ६ पाल्पाले अनुदानमा जैविक मल र दाना वितरण गरेको छ ।

पाँच वर्षभित्रमा कृषि र पर्यटन विकासमा वडालाई विकास गर्ने उद्देश्यले वडाका ३४ कृषकलाई अनुदानमा जैविक मल र दाना वितरण गरेको हो । बुधबार वडाका २४ व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई प्रतिव्यक्ति ५० किलो युरिया, १८ किलो डिएपी र सात किलो पोटास र १० पशुपालक कृषकलाई दाना वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

वडाको एक लाख रकम विनियोजन गरी प्रतिव्यक्ति रु दुई हजार १०० बराबरको जैविक मल र दाना विरतण गरेको उहाँले बताउनुभयो । वडाले कृषि क्षेत्रमा निकै राम्रो कार्यक्रम गरेको कृषक देवराज ढकाल बताउनुुहुन्छ । कम्तीमा एक रोपनीभन्दा माथि व्यावसायिक तरकारी खेती, कम्तीमा पाँच वटा गाई, तीन वटा भैँसीपालक कृषकलाई छनोट गरी अनुदानवापत रासायनिक मल र दाना दिइएको हो । अनुदानमा सामग्री पाएपछि यहाँका कृषक खुशी भएका छन् । यस कार्यक्रमले व्यावसायिक कृषिमा कृषकलाई हौसला मिल्ने कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter