०९ माघ २०८१

राष्ट्र समृद्ध बनाउनु पर्ने मा जोड: मुख्यमंत्री राउत

अजय मिश्र

१९ मंसिर २०७५, बुधबार १३:३७ मा प्रकाशित
कपिलबस्तु  मङ्सिर १९,,   कपिलबस्तुको कृष्णनगर न.पा.वडा नं.१ उद्योग वाणिज्य संघ को हालमा संघीय समाजवादी फोरम नेपाल को स्वागत तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
जसमा शिवप्रसाद यादव उदघोषक को रुपमा रही प्रमुख अतिथि प्रदेश नं.२का मुख्ममंत्री मोहम्मद लालबाबु राउत ज्यूले दिप प्रजवलन गरि कार्यक्रम को सुरुवात गरिएको थियो जस्मा उक्त पार्टी का विभिन्न नेता कार्यक्रता र अन्यपार्टी का नेता को समेत उपस्थिती रह्यो आफ्नो मन्तब्य राख्ने क्रमा शैलेश प्रताप शाहले मधेशी हरु पछाडी नभइ एक साथ भई आफ्नो भविष्य आफै लेख्नु पर्ने कुरा मा जोड दिनु भयो।
जिल्ला अध्यक्ष शैलेन्द्र यादव ले मधेश अन्दोलन को स्मरण गराउदै मधेशी हरुलाई मधेश को बिकास र उन्नति को बारेमा जागृत हुन आग्रह गर्नु भयो साथै प्रमुख अतिथी प्रदेश नं.२का मुख्यमंत्री ले महिला र पुरुष बिच बिभेद को अन्तय हुनु पर्ने अल्पसंख्यक मुस्लिम हरुको चाडवाड मा बिदा दिएर सम्मान दिनु पर्ने साथै मदरसा लाई शिक्षा को मूल प्रवाहिकरण मा ल्याउनु पर्ने समुदायीक बिद्यालय सरह मान्यता दिनुपर्ने मधेशी,अल्पसंख्यक मुस्लिम महिला आदि दलित लाई राज्यले उचित सम्मान साथ समता कायम गरिएन भने राष्ट्र समृद्ध हुन नसक्ने कुरा मा.जोड दिनु भयो।साथै संघियता बिरोधी प्रति कडा प्रहार गर्दै प्रदेश नं.२जस्तै संबिधान को अधिन मा रही कानुन निर्माण गर्नु पर्ने कुरा सबै प्रदेश संग अग्रह समेत गरे
 प्रदेश नं.५का प्रवक्ता अकरम पठान जिल्ला अध्यक्ष शैलेन्द्र यादव,शैलेश प्रताप शाह,अब्दुल रसिद,सतिश चन्द्र,रहुल मोदनवाल,अकिल मिया,बृजेश कशौधन,अब्दुल रसिद,प्रदेश सभा सदस्य सहसराम यादव,लगायत अन्य नेता तथा कार्यक्रता को उपस्थिती मा कार्यक्रम सम्पन्न गरियो जस्को आयोजना संघीय समाजवादी फोरम नेपाल कपिलबस्तु ले गरेको थियो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter