०९ माघ २०८१

कपिलबस्तुमा अपाङ्गले पनि मनाए २७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस

१८ मंसिर २०७५, मंगलवार १३:५१ मा प्रकाशित

कपिलवस्तु  १८   मङ्सिर ,,२७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस संसारभर मनाइ रहदा कपिलबस्तुको यशोद्धरा गाउ पालिका कार्यालय बैदौलीमा साविक ४ गा.बि.स. का अपाङ्ग, दलित,मुस्लिम,बिभिन्न पछडिएका बर्गकी महिला तथा किसोर किसोरीहरुले पनि २७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस मनाएका छन् ।

सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपांङ्गता दिवस मनाईन्छ । यस्तै “अपाङ्गता भएका व्यक्तिहरुको शसक्तिकरण तथा समाबेशिता समानताको सुनिश्चितता” मूलनाराका साथ २७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु नपा –५को आयोजना र यशोद्धरा गाउ पालिका कार्यालय, युनाइटेड मिशन टु नेपाल र केयर नेपालको सहयोगमा समुदायमा आधारित पुर्नःस्थापना (अपांगता) परियोजना कार्यक्रम द्धारा आयोजित २७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस दलित सामाजिक बिकास केन्द्र अध्यक्ष राम शरण रैदासको अध्यक्षता र यशोद्धरा गाउ पालिका कार्यालयका प्रमुख गिरिजेश पाण्डेयको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुको समाजमा भएको दुवर््यवहार, अपाङ्गहरुको क्षमता बृद्धि गर्ने, सशक्तिकरण गर्नुका साथै महिला हिन्सा न्युनिकरण गर्ने उद्देश्यका साथ २७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस मनाइएको युनाइटेड मिशन टु नेपाल समुदायमा आधारित पुर्नःस्थापना (अपांगता) परियोजना कार्यक्रमका संयोजक अनिल द्धिवेदीले बताउनुभएको छ ।

नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले अपाङ्गताकालागि धेरै परियोजना कानुनतः पैरवीहरु गरिरहेका छन् । अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गताकालागि विशेष प्रविधी र ब्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ । प्रत्येक विद्यालयहरुमा सहज अपाङ्गमैत्री शिक्षा जस्तैः व्रेल लिपी अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, सहज आवत(जावतगर्न अपाङ्गमैत्री संरचना जरुरी छ । अपाङ्गता भएका व्यक्तिहरुमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरीक उत्पादन गर्न सके वहाँहरुको सेवा र क्षमताले राज्यको विकासमा नै थप टेवा पुग्नेछ ।

कार्यक्रममा अपाङ्गता शसक्तिकरण,महिला हिन्सा र बाल विवाह न्युनिकरणका लागी बुद्ध नाट्य समुह कपिलबस्तुले चेतना मुलक नाकट प्रस्तुत गरेको थियो ।

२७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस उपलक्ष्यमा आज कपिलबस्तुमा विभिन्न कार्यक्रम गरि मनाइएको छ भने कपिलबस्तुमा रहेका विभिन्न संघसंस्थाले –र्याली, सम्मान र अन्र्तरक्रिया कार्यक्रम गरि दिवस मनाएका हुन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter