१० माघ २०८१

सामाजिक क्षेत्रमा सक्रिय बन्दै ग्रामीण महिला

१८ मंसिर २०७५, मंगलवार १३:२० मा प्रकाशित

बेझाड, १८ मङ्सिर ,,   कुनै समय छोरी, बुहारी घरबाट बाहिर निस्के बिग्रन्छन् भन्ने गलत सोचाइका कारण घरपरिवारबाट घरायसी कामकाजबाहेक अन्यत्र निस्कन दिइँदैनथ्यो तर त्यही महिला हिजोआज भने सामाजिक क्षेत्रमा सक्रिय बन्न थालेका छन् ।

पुरुषको वर्चस्व रहेको समाजमा दबिएर बसेका महिला पछिल्लो समय आफ्नो हक र अधिकारका निम्ति समाजमा हुने विभिन्न क्रियाकलापमा उनीहरु सरिक हुन थालेका छन् । यसले गर्दा ग्रामीण भेगका महिलामा चेतनाको विकास बढ्दै गएको छ ।

रामपुर नगरपालिका–४ दर्छा खरक गाउँ बस्ने मधु राना पहिला श्रीमान््, सासू ससुराको डरले घरभित्रै खुम्चिएर बस्नुप¥यो । अहिले समयको परिवर्तनसँगै उहाँ आफैँ सामाजिक क्षेत्रमा हुने विभिन्न गतिविधिमा सहभागी हुने र गाउँका महिलालाई पनि सामाजिक कार्यमा निस्कन सल्लाह दिने गर्नुहुन्छ ।

“पहिला त श्रीमान््, सासू ससुराले घरायसी कामबाहेक अरु काममा निस्कन दिनु हुन्नथ्यो, गाउँमा कसैका छोरी, बुहारी, श्रीमती बाहिर निस्किएका छैनन्, समाजले के भन्छ, फेरि महिलाको जात बाहिर निस्क्यो भने बिग्रन्छन् भन्नुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

“अहिले त घरपरिवारमा पनि परिवर्तन आएको छ, उहाँहरु आफैँले कुरा बुझ्नुभएको छ, छिटोछिटो घरको काम सकाएर सामाजिक क्षेत्रमा जाउ, केही न केही नयाँ कुरा सिकेर आउ भन्ने गर्नुहुन्छ”, रानाको भनाइ छ । खुमाकुमारी राना पनि बिहान साँभm घरको काम सकाएर दिउँसो सामाजिक काममा निस्कने गर्नुहुन्छ । घरबाट बाहिर निस्कन थालेपछि धेरै कुरा सिक्न र बुझ्न पाएको उहाँ बताउनुहुन्छ ।

गाउँमा घरधन्दा घाँसपात मेलापात गरेर जीवन बिताउने यहाँका महिला समयको परिवर्तनसँगै समाजमा हुने गरेका विभिन्न कार्यक्रम, बैठक, भेला, गोष्ठीमा सहभागिता जनाउने गरेका छन् । चेतनाको विकास बढ्दै जाँदा ग्रामीण भेगका महिलाले सामाजिक कार्यमा निस्कने अवसर पाएका हुन् ।

घरपरिवार श्रीमान््को डर त्रासमा बसिरहेका महिलालाई अहिले नयाँ कुरा सिक्न र सामाजिक रुपान्तरणका लागि घरपरिवारबाटै सामाजिक कार्यमा लाग्न सहयोग मिलेको मनकुमारी राना बताउनुहुन्छ । पुरुषको वर्चस्व बढिरहेको हाम्रो समाजमा महिलाले काम गर्ने अवसर पायो भने परम्परावादी गाउँघर समाजलाई नै रुपान्तरण गर्न सक्छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter