डोटी, १७ मङ्सिर,, नगर क्षेत्रभित्र रहेका वादी समुदायको व्यवस्थित बसोवास गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाले जग्गाको खोजी गरिरहेको छ ।
नगरपालिकाभित्र बसोवास गर्दै आएका तर आफ्नो घर जग्गा केही नभएका भूमिहीन वादी समुदायका लागि जग्गा खरीद गरी घर बनाउने योजना रहेको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । “वादी समुदायको व्यवस्थापन गर्न समस्या छ, उनीहरुको बसोवासलाई व्यवस्थित गर्नेबारे छलफल भइरहेको छ,” उहाँले भन्नुभयो । नगरपालिकाले जमीन खरीद गरेपछि त्यसमा सरकारको जनता आवास कार्यक्रमअन्तर्गत भवन निर्माण गर्ने गरी काम अघि बढाइएको मलासीले बताउनुभयो ।
“दैनिक ज्यालादारी गर्ने भएकाले शहरभन्दा टाढा राख्न समस्या छ,” मलासीले भन्नुभयो । वादी समुदाय अहिले दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती प्राविधिक शिक्षालय नजिकै अस्थायी टहरा बनाएर बस्दै आएको छ । उचित आवासको व्यवस्था, बालबालिकाका लागि शिक्षा, सीपमूलक तालीम, अपाङ्गता भएका व्यक्तिलाई विशेष व्यवस्था गर्नुपर्ने मागसहित वादी समुदायले नगरपालिका समक्ष माग गर्दैआएको छ । उनीहरु नाच्ने, गाउने, मादल बनाउने, माटाका भाँडा बनाउनेलगायत काम गरी जीवन निर्वाह गर्दै आएका छन् । जिल्लामा वादी समुदायको १०४ परिवार रहेको छ ।
सैनिकको रगतले बच्यो वृृद्धाको ज्यान
डोटीको सिलगढीमा रहेको रुद्रध्वज गणमा कार्यरत एक सैनिकले दान गरेको रगतले एक महिलाको ज्यान बचेको छ । सुदूरपश्चिम पृतना दिपायलस्थित सैनिक जनसम्पर्क शाखाले दिएको जानकारी अनुसार रुद्रध्वज गणमा कार्यरत गगनबहादुर सलामीले दान गरेको रगतका कारण पूर्वीचौकी गाउँपालिका– १ फुलौटकी ७५ वषर्र््ीया हिमसरा खड्काको ज्यान जोगिएको हो ।
रगत अभाव पाएपछि अहिले खड्को स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रगत अभाव भएपछि यहाँ बिरामी नेपाली सेनाको ब्यारेक धाउने गर्छन् ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू