कपिलवस्तु १६ मङ्सिर,, पछिल्लो समयमा सड़क दुर्घटना बढ्दो क्रममा देखिए पछि जिल्लाको कृष्णानगर मा पनि आज दुर्घटना न्यूनिकरण गर्ने उद्देश्य ले चालकहरू लाई टाइम कार्ड वितरण गरिएको छ। जिल्ला ट्राफिक कार्यालय प्रहरि निरिक्षक बावुराजा पन्त ले कृष्णानगर मा यात्रु बाहक बस, ट्रक र माइक्रो बस लाई टाइम कार्ड वितरण गर्नु भएको छ। उहां ले ट्राफिक नियम को जानकारी गराउदै चालकहरू लाई लापरवाही का साथ सवारी साधन नचलाउन निर्देशन दिनु भयो। जस्मा कृष्णानगर देखि चन्द्रौटा सम्म लाई ३० मिनेट छुट्याइएको छ। साथै प्रत्एक युनिट मा चेक जाच गरिने छ। तोकिएको समय भन्दा पहिले पुग्ने सवारी साधन लाई ट्राफिक नियम उलंघन गरेको मानिने छ। उक्त अभियान मा जावेद आलम खां, मंगल अग्रवाल, समाजसेवी र पत्रकार लगायत को उपस्थित रहेको जानकारी ट्राफिक कार्यालय कृष्णानगर ले जनाएको छ।
तपाईंको प्रतिकृयाहरू