१८ माघ २०८१

मोदी र गुटर्रेेसबीच भेटवार्ता

१४ मंसिर २०७५, शुक्रबार १६:२९ मा प्रकाशित

ब्युनस आयर्स, अर्जेन्टिना, १४ मङ्सिर,,   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसबीच औद्योगिक राष्ट्रको समूह जी–२० को बैठकमा भेटवार्ता भएको छ ।

स्थानीय समयानुसार बिहीबार शुरु भएको सम्मेलनको क्रममा यी दुई नेताबीच भएको भेटवार्तामा विश्वव्यापी जलवायु परिवर्तनमा भारतको भूमिकाको विषयमा छलफल भएको बताइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले ट्वीट गर्दै मोदी र गुटेर्रेसबीच भएको भेटवार्तामा जलवायु परिवर्तनको विषयमा भारतले खेल्नु पर्ने सशक्त भूमिका र सम्बोधनको विषयमा छलफल भएको बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जी–२० को बैठकमा भाग लिने क्रममा अर्जेन्टिना आइपुग्नु भएको हो । संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसले मोदीलाई दुई महिनाको अवधिमा भेट्नुभएको यो दोस्रो पटक हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter