कपिलवस्तु १३ मङ्सिर,, नेपाली जनता को संघर्ष र बलिदान द्वारा स्थापित लोकतांत्रिक संघिय गणतंत्र मा जारी भएको संविधान ले देश को शोषित, पिडित र आम जनता को हित मा हुने पूर्ण विश्वास गरिएको थियो। जनता को हक अधिकार सुनिश्चित र सर्वांगीण विकास भई आर्थिक स्तर मा सुधार आई समाज मा न्याय र समता को स्थित कायम हुन्छ। तर राजनैतिक खिचातानी का कारण पहिले जस्तै नै स्थित देखिन्छ। तराई मधेश का जनता हरु जो बर्षो देखि न्याय को खोजिमा छन् उनिहरु को समस्या समाधान गर्न का निमित्त मधेश मा स्वतन्त्र राजनीतिक समुह को उदय भयो। जस्मा तराई मधेश का शोष्ण, उत्पिडन समाप्त गरि न्याय, समता मूलक र विभेद मुक्त समाज को निर्माण र आर्थिक विकास का लक्ष्य राखेर उक्त समूह ले संघीय निर्वाचन मा ने.क.प. एमाले संग सम्झौता गरि चुनाव मा भाग लिएर बहुमत पनि प्राप्त भयो।। तराई मधेश का जनता लाई शोष्ण उत्पिडन बन्द हुनु पर्ने सबैलाई समान अधिकार र आर्थिक विकास मा सुधार ल्याउने जस्ता आश्वासन पछि मात्र ने.क.पा.एमाले संग गठबंधन गरिएको कुरा ईश्वर दयाल मिश्र ले बताउनु भयो। नया संविधान लागू भीए पछि देश को हालात मा आपेक्षित सुधार हुन सकेको छैन। प्रशासनिक संरचना कमजोर भएको बनाउदै यस्ता तमाम विषय र देश को वर्तमान स्थिति विद्यमान समस्या माथि संवाद र ठोस रणनीति तयार गर्ने उद्देश्य ले माननीय हृदेश त्रिपाठी को संयोजकत्व मा मंसीर २८ गते काठमाडौंमा स्वतंत्र समूह संग आबद्ध प्रबुद्ध वर्ग को बैठक तय गरिएको कुरा जानकारी गराउनु भयो। साथै उक्त वैठक ले जनता मा उत्साह रहेको र बैठक मा हुने निर्णय अगामी समय मा कोशे ढुंगा साबित हुने स्थानीय को बुझाइ रहेको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू