१८ माघ २०८१

कम्तीमा २२ अफगानी प्रहरी मारिए

१० मंसिर २०७५, सोमबार १५:४८ मा प्रकाशित

हेरात, अफगानिस्तान, १० मङ्सिर,,   पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा कम्तीमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ ।

फराह प्रान्तमा आइतबार प्रहरी चढेको सवारीसाधनमा आक्रमण हुँदा कम्तीमा दुईजना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालका निर्देशक शिर अहमद वेदाले बताउनुभयो ।

तालिबानले दुवै आक्रमणको जिम्मेवारी लिएको छ । तालिबानले २५ जना प्रहरी मारिएको र चारजना घाइते भएको दाबी गरेको छ ।

तालिबानका प्रवक्ता क्वारी युसुफ अहमादीले चारवटा सवारीसाधन ध्वस्त भएको र ठूलो परिमाणमा हातहतियार जफत गरिएको बताउनुभयो ।

हालैका महिनाहरुमा तालिबानले सरकारी फौजमाथि आक्रमण तिब्र बनाएका छन् । तालिबानसँग शान्तिवार्ता गर्ने प्रयत्न भइरहे पनि आक्रमणका सिलसिला रोकिएका छैनन् ।
––

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter