११ माघ २०८१

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

९ मंसिर २०७५, आईतवार ११:५० मा प्रकाशित

नारायणपुर, ९ मङ्सिर ,,   दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो ।

दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ । जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए राति २ बजे दुर्घटना भएको प्रहरीले बताएको छ । एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीको आफन्त र चालक सवार थिए । नगरपालिका स्वास्थ्यचौकी सतबरियाको रा १ज १२३ नं को एम्बुलेन्समा बिरामीलाई कोहलपुर पठाइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter