०९ माघ २०८१

गुफा संरक्षणमा सहयोग

७ मंसिर २०७५, शुक्रबार १६:०१ मा प्रकाशित

काभे्रपलाञ्चोक, ७ मङ्सिर,,   मण्डनदेउपुर नगरपालिका– ११ ज्याम्दीमा देवीदेवता आकृतिको देउती गुफाको संरक्षण तथा व्यवस्थापन गर्न रु ४० लाख बढी सहयोग जुटेको छ ।

गुफाभित्रका आकृति संरक्षण तथा मन्दिरसम्म जाने बाटो बनाउन असोज अन्तिमसाता आयोजित सप्ताह महायज्ञमार्फत उक्त रकम जुटाइएको स्थानीय समाजसेवी गणेशप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार ज्याम्दी डाँडाको पूर्व इन्द्रावती नदीतर्फ २० वर्षअघि स्थानीयवासीले सो गुफा पत्ता लगाएका थिए ।

गुफामा विशेषगरी महादेव शिवपार्वती, गणेश, हात्ती, गाई तथा नागको आकृति देखिएकाले स्थानीयवासीले पूजा गर्दै आएका छन् । पराजुली भन्नुहुन्छ, “गुफामा देवीदेवताको आकृति भएकाले आस्थापूर्वक पूजा गर्दै आइएको छ ।” उहाँका अनुसार सहयोगबाट प्राप्त रकमले गुफाका लागि सडक निर्माण, गुफा प्रवेशस्थलमा बगैँचा तथा पार्क निर्माण गरिनेछ ।

गुफाको मुख्यद्वारबाट पाँच मिटरको दूरीमा गाईको थुन आकृतिबाट शिवलिङ्गमा दूध जस्तै सेतो थोपा थोपा पानी झरेको देखिन्छ । शिवलिङ्गमा वषौँदेखि पुराना (सिक्का)पैसा पनि चढाइएको पाइन्छ ।

हाल गुफा नजिकसम्म मोटरबाटो पुग्दा पनि आन्तरिक पर्यटकको चहलपह पनि बढेको छ । करीब १५ मिटर लामो उक्त गुफालाई स्थानीयवासीले ज्याम्दीको गौरव मानी संरक्षणमा जुटेका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter