काठमाडौँ, २९ कात्तिक । कुलेश्वर आवास परिवार कल्याण सँस्था, साहित्य कला संस्कृति समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देबकोटाको ११०औँ जन्मजयन्ती बुधबार मनाइएको छ ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मानिसले सत्यम् सुन्दरमको जीवन जिउनुपर्छ भन्नुभयो । साहित्यकार राम विनयले संयोजन गरेको कार्यक्रममा देवकोटा सम्बन्धमा सीताराम नेपाल, गणेश मार्मिक, श्याम सापकोटा, किरणकेन रञ्जित, भागवत आचार्य, ख्यालमान राई, नारायण निराशी, मुकुन्द न्यौपाने, डम्बर घिमिरे र स्थानीय विद्यार्थीले कविता वाचन गर्नुभएको थियो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू