१० माघ २०८१

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

२९ कार्तिक २०७५, बिहीबार १३:०३ मा प्रकाशित

दुल्लु, २९ कात्तिक,,   दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय तीन वर्षीय मनिष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग शाहीले जानकारी दिनुभयो । मृतक बालकका आमा टिपुरी नेपालीका अनुसार बुधबार अरिङ्गालको गोलामा जेठो छोराले जिस्क्याउँदा कान्छा छोरा मनिषलाई अरिङ्गालले टोकेको हो ।
अरिङ्गालको टोकाइबाट पूरै शरीरमा विष फैलिएर गम्भीर अवस्थामा रहेका बालकलाई धेरै मात्रामा पानी खुवाएका कारण ज्यान गएको अहेव शाहीले बताउनुभयो । उहाँका अनुसार बालकको दुल्लु अस्पतालमा पु¥याएपछि मृत्यु भएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter