१८ माघ २०८१

दक्षिण कोरियाली मन्त्रीको अमेरिका जादै

२७ कार्तिक २०७५, मंगलवार १५:२९ मा प्रकाशित

सोल, २७ कात्तिक,,   दक्षिण कोरियाका एकिकरण मन्त्री चो म्योउङ ग्योन अमेरिकाको पाँच दिने भ्रमणको लागि मङ्गलबार त्यसतर्फ जानुहुने भएको छ ।
उहाँको भ्रमण मङ्गलबारबाट शुरु हुने सरकारी स्रोतले जानकारी दिएको छ । त्यस भ्रमण दुई कोरियाबीचको सम्बन्ध र उत्तर कोरियाली निशस्त्रीकरणका.विषयमा हुन लागेको पनि अमरिकाले स्पष्ट गरेको छ ।
उत्तर कोरियाली निशस्त्रीकरणको विषय अनिश्चित भएको समयमा उत्तर कोरियाली मन्त्रीको यो औपचारिक भ्रमण शुरु हुन लागेको बताइएको छ ।
उता हालै मात्र पनि न्युयोर्कमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली एक उच्च सैनिक अधिकारी किम योङ चोलबीच भेट भएको थियो । चोल उत्तर कारियाली नेता किम जोङ उनका एक विश्वासपात्र हुन् ।
उत्तर कोरियाको निशस्त्रीकरणसम्बन्धी कार्यक्रम हाललाई स्थगित भएको बताइएको छ । गत हप्तामात्र भएको न्युयोर्कको सो भ्रमणका क्रममा यस निशस्त्रीकरणसम्बन्धमा मिति तय गर्ने अपेक्षा गरिएको थियो । तर यस विषयमा कुराकानी नभएको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter