०८ माघ २०८१

शीतभण्डार निर्माण गरिँदै

२५ कार्तिक २०७५, आईतवार १६:०३ मा प्रकाशित

हेटाँैडा, २५ कात्तिक ,,   मकवानपुरको थाहा नगरपालिकामा रु ११ करोड ५० लाखको लागतमा शितभण्डार निर्माणको शुरुआत गरिएको छ । प्रदेश नं ३ सरकारको ‘एक जिल्ला एक शितभण्डार’ निर्माण अभियान अन्तर्गत यहाँ शितभण्डार निर्माण थालिएको हो ।

शितभण्डार निर्माण गर्न प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा थाहा नगरपालिका र स्थानीय सहकारी संस्थाको लगानीमा शितभण्डार निर्माण गर्न लागेको थाहा नगरपालिकाले जनाएको छ ।

पर्यटन विकास आयोजना स्थापना

प्रदेश नं ३ मा पर्यटन क्षेत्रको विकास, विस्तार एवं पर्यटकीय क्षेत्रको संरक्षणका लागि अस्थायी राजधानी हेटौँडामा पर्यटन विकास आयोजना स्थापना गरिएको छ । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत स्थापित सो आयोजनामा १५ कर्मचारीको दरबन्दी रहेपनि हाल चार कर्मचारी मात्र कार्यरत छन् ।

नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने उद्देश्यले सो आयोजनाका लागि सङ्घीय सरकारले अनुदान स्वरुप रु १० करोड तथा प्रदेश सरकारले रु ९१ करोड छुट्याएको छ । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालित सो आयोजनाले पुरातत्व विभाग, राष्ट्रिय निकुञ्ज, वन विभाग लगायतका सङ्घीय सरकारअन्तर्गतका निकायसँग सहकार्य गरी काम गर्ने बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter