०८ माघ २०८१

राप्रपा एकताको प्रक्रिया शुरु

२० कार्तिक २०७५, मंगलवार १६:०३ मा प्रकाशित

काठमाडौँ, २० कात्तिक,,  राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा (प्र) का अध्यक्ष पशुपतिशम्शेर जबराबीच आज भएको छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष राणालाई दिएअनुसार महाराजगञ्जस्थित अध्यक्ष राणाको निवासमा छलफल भएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

वैचारिक दृष्टिकोणमा हिन्दू राष्ट्र कायम गर्ने, राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा जनताको चाहनाका साथै दुवै दलका नेता तथा कार्यकर्ताको भावनालाई बुझेर निर्णय लिने सहमति भएको छ । पछिल्लो पटक मुलुकमा भइरहेको राजनीतिक घटनाक्रमका बारे समीक्षा भएको छलफलमा एकताका लागि विधि र प्रक्रियाका बारे पनि सामान्य कुरा भएको छ ।

केही दिनअघि डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपा (प्र) का अध्यक्ष राणाबीच पार्टी एकताबद्ध गर्ने विषयमा कुरा भएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter