०८ माघ २०८१

मेलम्चीको काम तीव्र गतिमा

१८ कार्तिक २०७५, आईतवार १४:३९ मा प्रकाशित

काठमाडौँ, १८ कात्तिक,,   मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ ।

आयोजनाको बाँकीे काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताउनुभयो ।

‘‘मेलम्ची खानेपानीको काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने गरी ठेकेदार कम्पनीले दु्रत गतिमा काम गरिरहेको छ, उहाँले भन्नुभयो, ‘‘पहिले दैनिक एक सय मिटर क्षेत्रमा काम भइरहेकामा अहिले दैनिक झण्डै तीनसय मिटरसरम्म काम भइरहेको छ । चाँडो काम सक्ने लक्ष्यका साथ सामग्री र कामदार दुवै बढाइएको छ ।”

दुई दशक पहिले शुरु गरिएको योजनाको काम अन्तिमचरणमा पुगेकाले अब लामो समय नलाग्ने उहाँको भनाइ छ । आयोजनाअन्तर्गत अन्तिम काम ९फिनिसिङ० मात्रै बाँकी छ । सुरुङको केही भागमा हावा जाने ठाउँ र केहीमा द्वार९गेट० बनाउन बाँकी छ ।
पानी काठमाडौँ उपत्यकामा आएको एक दुई दिनमै परीक्षण गरेपछि नियमित रुपमा घरघरमा लगिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० प्रमुख महेश भट्टराईले बताउनुभयो ।

मेलम्चीको खानेपानी भण्डारण गर्न केयूकेएलले उपत्यकामा ९ स्थानमा ठूला ट्याङ्की राखेको छ । ट्याङ्कीको क्षमता छ घण्टासम्म आएको पानी सङ्कलन गरेर राखिनेछ । यही ट्याङ्कीबाट विभिन्न पाइप हुँदै सेवाग्राहीका घरमा पानी पुग्नेछ । उहाँले भन्नुभयो, ‘‘ट्याङ्कीबाट पहिले मुख्य पाइपबाट प्राथमिक पाइप हुँदै सहायक पाइपबाट घरघरमा पानी पुग्छ ।’’

ठूलो परिमाणमा पहिलो पटक पानी भित्रन लागेकाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर लिमिटेडले योजना बनाइरहेको छ । केयूकेएलका प्रमुख भट्टराईका अनुसार पानीलाई सर्वसाधारणको घरसम्म पु¥याउनका लागि एक हजार मिटर पाइप चक्रपथको वरपर बिच्छ्याइरहेको छ ।
नयाँ ट्याङ्कीबाट पानी परीक्षणका लागि केही महीना लाग्ने भएकाले पहिले पुरानो ट्याङ्कीबाट सङ्कलन गरेर पाइपबाट पानी वितरण गरिने छ । उहाँले भन्नुभयो, ‘‘नयाँ ट्याङ्की र पाइप सबै हिसाबले पानी पठाउन सही देखिएपछि नै पठाइनेछ ।’’

परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसअन्तर्गत मेलम्ची नदीको मुहान निर्माण भएको छ । स्थानीय रिबर्मादेखि सुन्दरीजलसम्म करीब २६ किलोमिटर लामो सुरुङबाट दैनिक १७ करोड लिटर पानी उपत्यका भित्र्याउने लक्ष्य रहेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७÷१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी दैनिक काठमाडौँ उपत्यका भित्र्याउने दीर्घकालीन लक्ष्य आयोजनाको छ ।

सन् २००२ मा गरिएको प्रारम्भिक अनुमान अनुसार आयोजनाको जम्मा लागत ४६४ मिलियन युएस डलर छ । आयोजनामा नेपाल सरकारसँगै एशियाली विकास बैंक, विश्व बैक, जेबिक, नोराड, सिडा, ओपेकलगायतका संस्थाको पनि आर्थिक सहयोग रहेको छ ।
सञ्चिता, शरद शर्मा
प्रकाश

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter