बुटवल, १६ कात्तिक,, रुपन्देहीको विभिन्न नगरपालिका र गाउँपालिकाकामा कृषकले पर्म गरेर धान काट्न थालेका छन् । पर्म प्रथा अनुसार धान काट्न, रोप्न र उठाउन सहज हुने गरेको कृषकले बताएका छन् ।
“पर्म गरेर नै धान रोप्ने र काट्ने गरिन्छ,” सैनामैना–५ का राजन कुँवरले भन्नुभयो । पर्म प्रथा अनुसार काम गर्दा जुन घरमा धान काटिएको छ, त्यही घरको कृषकले खाजाको व्यवस्थापन गर्नुपर्ने हुन्छ । “कुनै पनि कृषकलाई कामको चाप हुँदैन । श्रमिकलाई दिने पैसाको समेत बचत हुन्छ” कुँवरले भन्नुभयो ।
सुद्धोदन गाउँपालिका– १ का अम्बिका पन्तले पर्म प्रथा अनुसार काम गर्दा सहज भएको बताउनुभयो । खासखास बाली लगाउँदा पनि सामूहिक रुपमा काम गर्न सहज हुने उहाँको भनाइ छ । “हामीले १० वर्षदेखि कामदार नपाउँदा पर्म प्रथा अनुसार धान काटने, स्याहार्ने लगायतका काम गर्दै आएका छौँ,” उहाँले भन्नुभयो । खास गरेर दाउरा जम्मा गर्ने, कोदो रोप्ने, धान गोड्ने, आली कान्ला ताछ्ने, मकै गोड्ने, मल बोक्ने, धान काट्ने, कोदो टिप्ने, मकै भाँच्ने, पराल बोक्ने, धानको दाइँ गर्ने, कोदो ठटाउनेलगायत काममा पर्म लगाउने गरिन्छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू