विराटनगर, १५ कात्तिक,, विराटनगर महानगरपालिका–४, १२ र १४ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
महानगरपालिकामा १९ वडा रहेकामा अब १८ र १९ मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छ । दुई महीनामा सो वडा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीसाथ काम भइरहेको महानगरपालिका प्रमुख भीम पराजुलीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । विराटनगरमा हाल ९९.४ प्रतिशत चर्पी निर्माण भइसकेको छ । वडा नं ४ मा तीन हजार १४५, वडा नं १२ मा दुई हजार ७७४ र वडा नं १४ मा एक हजार ९११ घरधुरीमा शत्प्रतिशत चर्पी निर्माण भएपछि खुला दिसामुक्त वडा घोषणा भएको प्रमुख पराजुलीले बताउनुभयो ।
यसैबीच महानगरपालिकामा आजदेखि न्यायिक समितिको नवनिर्मित इजलास सञ्चालनमा आएको छ । इजलासको अभावमा महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीकै कार्यकक्षमा मुद्दाहरु फैसला हुने गरेको थियो । हालसम्ममा सो समितिमा परेका ८० मध्ये २० वटा मुद्दाको किनारा लगाइएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू