०८ माघ २०८१

प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ

१५ कार्तिक २०७५, बिहीबार १२:५४ मा प्रकाशित

काठमाडौँ, १५ कात्तिक,,   प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडाँै कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो ।

पाथीभरा अनलाइन डटकममा प्रधानमन्त्रीविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि उक्त अनलाइनका सम्पादक मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसूरअन्तर्गत कारवाही शुरु गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ ।

यस्ता भ्रमपूर्ण, झुटो समाचार सम्प्रेषण नगर्न नगराउन सो महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter