०५ माघ २०८१

अर्मादी–बनौ सडकमा कालोपत्रे शुरु

१५ कार्तिक २०७५, बिहीबार ११:४१ मा प्रकाशित

पर्वत, १५ कात्तिक,,   कुश्मा नगरपालिका–२ अर्मादिस्थित मध्यहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडा नं ९ बनौ जोड्ने अर्मादी–बनौ सडक कालोपत्रे शुरु भएको छ ।

कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वडालाई जोड्ने गरी एशियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा कालोपत्रे हुन लागेको हो । झण्डै १२ किलोमिटर लामो सडकको आगामी दुई वर्षभित्र कालोपत्रे सम्पन्न हुने भएको छ । झण्डै रु ३० करोडको लागतमा निर्माण सम्पन्न हुने सडकको टुण्डी कन्ट्रक्सन प्रालि सानेपा ललितपुरले निर्माणको जिम्मा लिएको छ ।

जलजला गाउँपालिका–९ का अध्यक्ष गौबहादुर पुर्जाले नियमित अनुगमन र निगरानी गरेर सडक समयमै र गुणस्तरीय बनाउन पहल गर्ने बताउनुभयो ।

पर्वतका दोविल्ला–फलेवास, मुडिकुवा–लुङ्खु सडक पनि कालोपत्रे हुने चरणमा छन् । दोविल्ला–फलेवास र मुडिकुवा–लमाए सडकको अधिकांश भाग कालोपत्रे भइसकेको छ भने लमाए–लुङ्खु सडक पनि कालोपत्रेको चरणमा रहेको छ । आगामी दुई वर्षभित्रमा दुवै सडक कालोपत्रे सम्पन्न गर्ने गरी काम शुरु भइसकेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना पर्वतका कार्यालय प्रमुख जगदीश शर्माले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter