०८ माघ २०८१

गोदावरीमा चार दिने पुष्प मेला हुने

१२ कार्तिक २०७५, सोमबार १६:४६ मा प्रकाशित

काठमाडौँ, १२ कात्तिक ,,   ललितपुरको जावलाखेल मैदानमा चार दिने १२ औँ गोदावरी पुष्प मेला हुने भएको छ ।

कात्तिक १५ देखि १८ गतेसम्म आयोजना हुने सो प्रदर्शनी पुष्प व्यवसाय प्रवद्र्धन गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु¥याउनु रहेको छ । ‘रोपेर पूmल गोदावरी, सजाआँै घर आँगन वरिपरि’ भन्ने अभियानसाथ हुने प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक तीन र गोदावरी पूmलको प्रतिस्पर्धात्मक प्रदर्शनी ९ सहित ५६ कक्ष रहने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले बताएको छ ।
नजिक आइरहेको तिहार तथा छठलाई लक्षित गरी आयोजना हुन लागेको सो प्रतिस्पर्धात्मक प्रदर्शनीमा ४५ प्रजातिका पूmल तथा विरुवाको प्रदर्शनीसहित बिक्री वितरण गरिने जानकारी फ्यानका अध्यक्ष कुमार कसजुले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतिस्पर्धामा गोदावरी पूmलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाईडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिने छ । प्रदेश सरकार प्रदेश नं. तीन, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प विकास केन्द्रको सहयोगमा हुने उक्त मेलामा रु ६० लाखको कारोबार हुने अनुमान गरिएको छ ।
नेपाल पूmलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु ११ करोडको पूmल आयात गरेको थियो । तिहारमा झन्डै तीन लाख वटा माला भारतबाट आयात भएको थियो । आयातित उक्त माला भाइटीकाको लागि हो ।

नेपालमा पूmलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगिसकेको छ । २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आर्थिक वर्ष २०७४÷०७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ । करिब ७०० ले पूmल व्यवसाय गरेका छन् । करिब दुई हजार ९६० रोपनीमास लगाइएको फूल खेतीबाट ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । (फोटो संलग्न छ)
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter