०८ माघ २०८१

माजुदेगः पुनःनिर्माण

१२ कार्तिक २०७५, सोमबार १३:५९ मा प्रकाशित

काठमाडौँ, १२ कात्तिक ,,   काठमाडौँको वसन्तपुरस्थित ऐतिहासिक माजुदेगःको पुनःनिर्माण आजदेखि शुरु भएको छ ।

विसं २०७३ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको उक्त मन्दिर पुनःनिर्माण काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज यहाँ पूजा गरी शुभारम्भ गर्नुभयो । कामपा हनुमान ढोकादरबार संरक्षण समितिबाट सानु सुवाल र पवन जोशीको नेतृत्वको प्राकृतिक कम्पनीलले रु पाँच करोड ४९ लाख ३५ हजार २०६ को लागतमा आगामी दुई वर्षभित्र सो मन्दिर पुनःनिर्माण गर्ने ठेक्का पाएको छ ।

नगर प्रमुख शाक्यले महानगरभित्र धेरै अमूल्य सम्पदा रहेकामा माजुदेगः स्थानीय जनताको आस्थाको केन्द्र तथा सिङ्गो मुलुकको चासोको विषय भएको बताउनुभयो ।भूकम्पबाट क्षतिग्रस्त महानगरभित्रका भित्रका थुप्रै स–साना मन्दिर तथा पाटीपौवा निर्माण गरिसकेको जानकारी दिँदै उहाँले कुमारी घरको पुनःनिर्माणको जिम्मेवारी पनि महानगरकै काँधमा रहेको छ भन्नुभयोे ।महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विसं २०७२ को भूकम्पबाट ध्वस्त सम्पदाको पुनःनिर्माणले गति लिन थालेको उल्लेख गर्दै रानीपोखरी पनि पुनःनिर्माण हुने अवस्थामा पुगेको बताउनुभयो
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter