०९ माघ २०८१

‘सरकारले जनचाहनाअनुसार काम गर्नुपर्छ’

१२ कार्तिक २०७५, सोमबार १२:५६ मा प्रकाशित

रुकुम पश्चिम, १२ कात्तिक,,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सरकारले जनचाहनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन रुकुम पश्चिमले आज सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कँडेलले वर्तमान सरकार जनताको चाहनाअनुसार अगाडि बढ्न नसकेको आरोप लगाउनुभयो । दुई तिहाइको सरकार भएकाले वर्तमान सरकारबाट देशवासीले ठूलो अपेक्षा गरेकाले सरकारले उक्त अपेक्षा पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।

“दुई तिहाइको सरकार बनेपछि अब केही हुन्छ कि भन्ने हामीलाई पनि लागेको थियो, सरकारको हालसम्मको काम हेर्दा अब केही हुन्छ भन्ने आश मरेको छ,” उहाँले भन्नुभयो । निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता नलाग्नुले पनि सरकार शान्ति सुरक्षा कायम गर्न र पीडितलाई न्याय दिनका लागि असक्षम रहेको नेता कँडेलको आरोप थियो । “एक÷दुई प्रहरी अधिकारीलाई बर्खास्त गर्दैमा सरकारको दायित्व पूरा हँुदैन,” उहाँले स्पस्ट पार्नुभयो । काङ्ग्रेसले प्रतिपक्षमा रहेर सरकारको आलोचना मात्र नगरी सरकार सञ्चालन गर्न सहयोग गरिरहेको कँडेलले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter