१३ माघ २०८१

रातो कमलको फूल हेर्न चिनियाँ पर्यटक

९ कार्तिक २०७५, शुक्रबार १३:११ मा प्रकाशित

धम्बोझी, ९ कात्तिक,,   बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो ।

चिनियाँ पर्यटक बर्दियामा कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा अध्ययनका लागि चिनियाँ टोली बर्दिया आइपुगेको छ । उक्त टोलीको नेतृत्व गर्दै त्यसको संयोजन बर्दिया क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य तिलक शर्माले गर्नुभएको छ भने अन्य आवश्यक व्यवस्था पर्यटन व्यवसायी देवराज जैसीले गर्नुभएको छ ।

बर्दिया जिल्लामा पर्यटकीय सम्भावना के के छन् भन्ने विषयमा सम्भावनाको अध्ययन गरिसकेपछि चिनियाँ टोलीले स्वदेश फर्किएर चिनियाँ सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter