०९ माघ २०८१

कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप

९ कार्तिक २०७५, शुक्रबार ११:०९ मा प्रकाशित

कालीकोट, ९ कात्तिक ,,   आगामी माघमा हुने आठाँै राष्ट्रपति खेलकूद प्रतियोगिातका लागि खेलाडी छनोट गर्न कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ मा प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता शुरु भएको छ ।
‘राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद’ भन्ने नाराका साथ वडाध्यक्ष नरेशबहादुर बमको अगुवाईमा गोल्डकपको आयोजना गरिएको हो । यो कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता हुन पुगेको छ ।

भलिबल खेललाई प्राथमिकता दिइएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाहीले गर्नुभयो ।
प्रतियोगितामा कालिकोटका नौ स्थानीय तहका नौ समूहले प्रतिस्पर्धा गर्नेछन् । खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिका बीचको पहिलो खेलमा खाँडाचक्रले जितेको छ ।
प्रतियोगितामा प्रथमलाई रु ५० हजार नगद र पदक, द्वितीयलाई रु ३० हजार नगद र पदक, तृतीयलाई रु २० हजार नगद र पदक पुरस्कार दिइनेछ । (तस्वीर उपलब्ध छ)
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter