बग्दाद, ८ कात्तिक,, इराकको नयाँ प्रधानमन्त्रीको रुपमा अदेल अब्दुल माहदीले बुधबार सपथग्रहण गर्नु भएको छ । इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले सपथ गर्नुभएको हो ।
संसदले भने २२ मध्ये १४ जनाको नामलाई अनुमोदन गरेको छ । संसदका सभामुखले मन्त्रीहरुको नाम एकपछि अर्को गर्दै पढेर संसदमा सुनाउनुभएको थियो । बुधबार संसदले अनुमोदन गरेका प्रधानमन्त्री माहदी र १४ जना मन्त्रीले सपथ लिनुभएको हो ।
संसदको अधिवेशनले प्रधानमन्त्री माहदीले अघि सार्नु भएको सरकारको कार्यक्रम पनि व्यापक छलफल पश्चात पारित गरेको छ ।
संसदमा उपस्थित २२० जना सांसदले मन्त्रीहरुको नामलाई अनुमोदन गरेका थिए ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू