०३ माघ २०८१

बौलाहा स्यालको आतङ्क

८ कार्तिक २०७५, बिहीबार १७:०४ मा प्रकाशित

बाजुरा, ८ कात्तिक,,   बूढीनन्दा नगरपालिका–१ राउतवाडामा स्यालले गाउँमै पसेर पशु र मानिसलाई टोक्न थाले पछि स्थानीयवासी आतङ्कित भएका छन् ।

बौलाह स्यालले पशु र मानिसलाई समेत टोक्न थालेपछि स्थानीयवासीले धपाउने प्रयासस गरेपनि स्यालको टोकाइबाट तीन पशु घाइते भएका थिए । स्यालले जयरुप गिरीको कुकुर, खेमराज गिरीको बाख्रो र रन्या गिरीको पाठोलाई टोकेको थियो । यता पशु सेवा केन्द्रमा रेबिजविरुद्धको खोपसमेत सकिएको र नयाँ आर्थिक वर्षका लागि खरीद नभएको पशु चिकित्सक भरत जोशीले जानकारी दिनुभयो । वडाध्यक्ष नृप खत्रीले इलाका प्रहरी चौकी कोल्टीमासो घटनाबारे जानकारी गराउनुका साथै मानिस तथा पशु चौपायालाई सुरक्षित हुन आग्रह गरिएको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter