१८ माघ २०८१

ताइवानमा भूकम्पको धक्का

६ कार्तिक २०७५, मंगलवार १३:३८ मा प्रकाशित

ताइपेइ, ६ कात्तिक,,   ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत अनुभव गरिएको थियो ।

सर्भेका अनुसार मङ्गलबार अपराह्न १२ बजेर ३४ मिनेटमा गएको उक्त भूकम्पको केन्द्र जमिनको सतहबाट ३४ किमी तल रहेको छ ।

भूकम्पबाट तत्काल कुनै हताहती वा क्षतिको विवरण प्राप्त भएको छैन । ताइवानको केन्द्रीय मौसम विज्ञान विभागले भने उक्त भूकम्प ६ रेक्टर स्केलको रहेको जनाएको छ ।

स्थानीय सञ्चार माध्यमले भूकम्पको धक्का पूरै ताइवानमा अनुभव गरिएको बताएका छन् ।

यसै वर्षको फेब्रुअरीमा समेत हुवालीनमा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसबखत १७ जनाको मृत्यु भएको थियो ।

ताइवान पनि भूकम्पीय जोखिममा रहेको स्थान हो । सन् १९९९ को सेप्टेम्बरमा गएको ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण करिब २ हजार ४०० को मृत्यु भएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter