१३ माघ २०८१

कपिलवस्तुको कृष्णानगरमा सम्प्रदायिक झड़प, १० जना घाइते

३ कार्तिक २०७५, शनिबार १९:५२ मा प्रकाशित

 कपिलवस्तु ,केयरखबर

भारतीय उग्रवादी संस्था हिन्दू युवा वाहिनीका कार्यकर्ताहरुले कपिलवस्तुको कृष्णानगरमा प्रवेश गरि हिन्दू मुस्लिम समुदाय बीच सम्प्रदायिक द्वन्दको बीजारोपण गरेकोले शुक्रवार साँझ देखि नै स्थिति तनाव ग्रस्त छ । शुक्रवार साँझ दुर्गा माताको मूर्ति विसर्जन गर्न लैजादा कृष्णानगरको नईमिया मस्जिदमा एक्कासि ढुङ्गा इटा प्रहार गर्नाले दुई समुदाय बीच शुरू भएको झड़पलाई कंट्रोल गर्न प्रहरी प्रशासन ढिलो भए पनि आफ्नो कन्ट्रोलमा लिएको थियो । शुक्रवार भएको झड़पमा परी दुवै पक्षबाट दर्जनौँ घाइते भएका थिए । आज शनिवार बिहान देखि स्थिति कन्ट्रोल भए पनि सीमा पारी एक जना तरकारी बिक्री गर्ने मुस्लिम युवालाई हिन्दू युवा वाहिनीका कार्यकर्ता हरुले निर्घात कुटपिट गरेका कारण पुनः स्थिति खराब भएको छ । एक जना स्थानीयका अनुसार भारतीय घुसपैठीहरुलाई रोक्न न सक्नु साथै मूर्ति बिसर्जनको कार्यक्रममा प्रशासनको कड़ा निगरानी नभएकोले उग्रवादीहरुले मौका पाएको बताए । स्थानीय केहि मुस्लिमहरुको घरमा तोड़फोड़ साथै दुकानमा चोरी पनि गरिएको जानकारी प्राप्त भएको छ । आज साँझ सम्म पनि मूर्ति बिसर्जन नहुन सक्नुमा प्रशासन दोषी रहेको स्थानीय समाजिक अगुवाहरुको भनाई छ । यद्धपि हिन्दू मुस्लिम समुदायक़ा पत्रकार समाजिक अगुवा राजनीतिकर्मीहरुले एकता सौहार्दता शान्ति सद्भाव कायम राख्न अपील गर्दै आएका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter