१८ माघ २०८१

भूकम्पपछि बनेको ताल वरपरका छ हजार नागरिकको उद्धार

१ कार्तिक २०७५, बिहीबार २२:३० मा प्रकाशित

ल्हसा, १ कात्तिक ,,   भूकम्पपछि बनेको ताल फुट्ने खतरा बढेको भन्दै चीनको स्वाशासित क्षेत्र तिब्बतको यार्लूङ्ग चान्गो नदी वरपरका करिब छ हजार नागरिकको उद्धार गरिएको छ ।
बुधबार सो क्षेत्रमा गएको भूकम्पका कारण पहिरो गएको थियो । सो पहिरोका कारण तिब्बतको यार्लूङ्ग चान्गो नदीमा ताल बनेको थियो ।
सो ताल बढ्दै गएपछि उक्त नदी वरपरको क्षेत्रका वासिन्दालाई त्यहाँबाट अन्यत्रै सार्न थालिएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार बिहीबार अपरान्हसम्ममा त्यहाँबाट कम्तीमा पनि छ हजार जनालाई अन्यत्रै सारिएको छ ।
उक्त गाउँको वस्तीमा अरु हजारौँ स्थानीयको वासस्थान रहेको छ । बिहीबार अपरान्हसम्म छ हजारको उद्धार गरी अन्यत्रै सारिएको बताइएको छ ।
स्थानीय अधिकरीहरुका अनुसार बुधबार बिहानै आएको भूकम्पका कारण गएको पहिरोले नदी थुनिएपछि ताल बनेको छ र त्यो ताल भरिएपछि गाउँ वस्तीमा पस्ने सम्भावना बढेकोले गाउँ नै सारिएको हो ।
त्यस भूकम्पले नदी थुनिएको कुरा बुधबार रातिमात्र थाहा भएको थियो । त्यसपछि ताल खुलाउन सेनाको सहयोगमा उद्धारकर्मीहरु लागेका थिए ।

तर पनि ताल खुलाउन नसकेपछि गाउँको वस्ती नै सार्नुपरेको अधिकारीहरुले जनाएका छन् । साथै उद्धारकर्ताहरुले भूकम्पबाट भएको क्षतिका पीडितहरुलाई पनि सहयोग गरिरहेका बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter