दमौली, ३० असोज ,, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालाई रु एक लाख सहयोग गर्नुभएको छ ।
उहाँले आफ्ना पिता केवलबहादुरको स्मृतिमा पत्रकार महासङ्घमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्नुभएको हो । महासङ्घका अध्यक्ष ओमकार आचार्यलाई उहाँले सो रकम हस्तान्तरण गर्दैे पत्रकारको क्षमता अभिवृद्धिका लागि सहयोग पुगोस् भनेर सो सहयोग गरिएको बताउनुभयो ।
उहाँले महासङ्घ भवन निर्माणमासमेत सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घ अध्यक्ष आचार्यले सांसद श्रेष्ठको सहयोगले पत्रकारिता क्षेत्रलाई जीवन्त राख्न सहयोग पुग्ने बताउनुभयो । भर्लेली केवलबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषबाट आगामी वर्षदेखि असोज ९ गते एक पत्रकारलाई पुरस्कार प्रदान गरिने महासङ्घका सचिव उज्ज्वल पौडेलले जानकारी दिनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू