१३ माघ २०८१

वन संरक्षणमा महिलाको सहभागिता बढ्यो

३० आश्विन २०७५, मंगलवार १९:१८ मा प्रकाशित

दाङ, ३० असोज ,,   पछिल्लो समय जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासङ्घ दाङले जनाएको छ ।

अहिले जिल्लामा रहेका ५०४ वटा सामुदायिक वन समूहमध्येमा ६३ वटा वन समूह महिलाले मात्र सञ्चालन गरेको सामुदायिक वनका निर्वतमान सचिव हेमराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिलाले सञ्चालन गरेका वन समूह यतिखेर निकै फस्टाउँदै गएका छन् । त्यसैगरी वन जोगाउने काममा पनि महिला सक्रिय भएर लागेका छन् । आफ्नो क्षमताको विकासमा पनि उनीहरु अगाडि नै छन् ।

वन समूहमा आबद्ध यहाँका महिला अन्य विभिन्न सामाजिक सङ्घ संस्थाको नेतृत्वमा समेत पुगेका छन् । जल, जमीन र जङ्गलमा मात्र महिला सहभागिता नभई निर्णायक तहमा पनि महिलाको प्रतिनिधित्व बढेको बताउनुहुन्छ, सामुदायिक वन उपभोक्ता समूहका पूर्व केन्द्रीय सदस्य पदमा चौधरी ।

उहाँ भन्नुहुन्छ, “अहिले महिलाले आयआर्जनका लागि घुम्ती कोष सञ्चालन गर्नुका साथै सहकारीदेखि प्राकृतिक स्रोत साधनको संरक्षणमा पनि सक्षम बन्दै गएका छन्

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter