११ माघ २०८१

योग मानवजीवनका लागि अपरिहार्य,, मन्त्री पोखरेल

३० आश्विन २०७५, मंगलवार १९:०० मा प्रकाशित

महोत्तरी, ३० असोज,,     शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मानवजीवनका लागि योग अपरिहार्य भएको बताउनुभएको छ ।

बर्दिवास नगरपालिकाले आयोजना गरेको सात दिने योग शिविरको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “योगले मानवको मन र शरीरलाई जोड्ने काम गर्छ ।”

मन्त्री पोखरेलले बुद्ध र पतञ्जलीको उपदेशलाई मनन गरी अगाडि बढ्ने हो भने मानिस निरोगी भई उपचार खर्चमासमेत कटौती गर्न सकिने बताउँदै “स्वस्थ्य र अनुशासित व्यक्तिको निर्माणका लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसलाई स्थानीय सरकारले विकास निर्माण जस्तै प्राथमिकतामा राख्नुपर्छ”, भन्नुभयो ।

बर्दिवास नगरपालिका प्रमुख विदुरकुमार कार्कीले नगर क्षेत्रमा अभियानका रुपमा योग शिविर सञ्चालन गर्ने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter