१२ माघ २०८१

अस्पताललाई एम्बुलेन्स प्रदान

२८ आश्विन २०७५, आईतवार ११:१३ मा प्रकाशित

रामपुर पाल्पा, २८, असोज,,   भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स चापाकोट अस्पताल स्याङजालाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।
उहाँले चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठ तथा अस्पताल रहेको वडा नं ९ का वडाध्यक्ष शङ्करभक्त भण्डारीलाई संयुक्त रूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले दुर्गम भेगका सर्वसाधारण नागरिकलाई अस्पतालसम्म पु¥याउन नसकेर घरमै ज्यान गुमाउनुपर्ने समस्या अन्त्य गर्दै एम्बुलेन्सले चापाकोटका जनतालाई सहज सेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
दशँैको शुभकामना आदानप्रदानसँगै भएको कार्यक्रममा मन्त्री अर्यालले अव्यवस्थित रूपमा रहेका देशका विभिन्न स्थानको भूमि व्यवस्थापनका लागि पाल्पाको रामपुरबाट काम थालनी गर्ने बचन दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter