०७ माघ २०८१

मदिरा नियन्त्रणमा जुट्यो खाँडादेवी गाउँपालिका

२६ आश्विन २०७५, शुक्रबार १६:३२ मा प्रकाशित

रामेछाप, २६ असोज,,   खाँडादेवी गाउँपालिकामा मदिरा नियन्त्रणका लागि अभियान सञ्चालन शुरु भएको छ । अवैधरूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण बढेपछि गाउँपालिकाले अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत प्रहरी गस्ती परिचालन, महिला समूह परिचालन, चेतनामूलक कार्यक्रम सञ्चालन, मदिरा बिक्री वितरणका लागि लिएको अनुमतिको प्रमाणपत्र अनुगमनलगायतका काम हुने खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाले गाँजा नियन्त्रण अभियान पनि जारी राखेको छ । बिहीबार राकाथु क्षेत्रमा गाँजा नियन्त्रण गरिएको थियो । चाडपर्वको पूर्वसन्ध्या चलाइएको अभियानले शान्ति सुरक्षामा सहयोग पुग्ने स्थानीयबासीको बुझाई छ ।

लागूऔषध तथा मदिरा नियन्त्रण समितिको अध्यक्षसमेत रहनुभएका उपाध्यक्ष श्रेष्ठले गाउँपालिकाको बजार क्षेत्रमा मदिराजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणले सामाजिक समस्या सिर्जना गरेपछि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । अभियानअन्तर्गत गाउँपालिकाको बजार अनुगमनलगायतका काम हुने छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी, रामेछापले मन्थली नगरपालिका–१ का जोखिम वर्गमा सूचीकृत नौ जनालाई थप रु ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उक्त रकमको चेक लाभग्राहीलाई हस्तान्तरण गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी शर्माले पुनःनिर्माण कार्यमा वृद्धवृद्धाले गरेका प्रयासको सह्राना गर्दै यही सक्रियताले पुनःनिर्माण कार्यले गति लिएको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter