१३ फागुन २०८१

चन्दाबाट वृद्धाश्रम निर्माण

२५ आश्विन २०७५, बिहीबार १५:१२ मा प्रकाशित

कुश्मा, २४ असोज ,,   पर्वत जिल्लाको ऐतिहासिक, धार्मिक क्षेत्र मोदीवेणी दीव्यधाममा चन्दा सङ्कलनबाट वृद्धाश्रम निर्माण गरिएको छ ।

पर्वत र बागलुङका स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरी २४ कोठाको पक्की भवन निर्माण गरेका हुन् । २०६८ सालबाट निर्माण कार्य शुरु भएको भवन निर्माणको काम हालै सम्पन्न भएको छ । भवन निर्माणका क्रममा रु ६७ लाख ९९ हजार ६१६ लागत तयार पारी काम शुरु गरिएकामा रु ५७ लाख ३३ हजार ९१५ मा भवन निर्माणको काम पूरा गरिएको ज्येष्ठ नागरिक आश्रम विकास समितिका अध्यक्ष दीर्घनारायण श्रेष्ठले जानकारी दिनुभयो । २४ वटा कोठा रहेको वृद्धाश्रममा पूर्वाधार थप्ने काम जारी छ ।

गैरआवासीय नेपाली सङ्घ एनआरएनका अध्यक्ष भवन भट्टले नवनिर्मित ज्येष्ठ नागरिक आश्रमको मङ्गलबार उद्घाटन गर्नुभयो । अध्यक्ष भट्टले मोदीबेनीको विकासका लागि गैरआवासीय नेपाली सङ्घले पनि सहयोग गर्ने बताउनुभयो । तत्कालका लागि उहाँले व्यक्तिगत रुपमा रु तीन लाखको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मोदीवेणीको विकासका लागि परियोजना प्रस्ताव लिएर आउन भट्टले आग्रह गर्नुभयो । मोदीवेणीलाई यस क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र बनाउने योजनामा व्यक्तिगत र संस्थागत रुपमा निरन्तर सहयोग गर्ने अध्यक्ष भट्टले बताउनुभयो ।

मोदीवेनी क्षेत्र विकास समितिका अध्यक्ष गोपालदास पौडेलले आश्रम बने पनि सञ्चालनका लागि आर्थिक समस्या रहेको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter