१२ माघ २०८१

पानी जोगाउन कृत्रिम जलाशय

२५ आश्विन २०७५, बिहीबार १४:२६ मा प्रकाशित

घोराही, २५ असोज,,   घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विभिन्न स्थानमा करीब दर्जनभन्दा बढी कृत्रिम जलाशयको निर्माण गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा क्रमशः पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणलाई प्राथमिकता दिएको हो ।

बर्सातको समयमा आकाशबाट आउने पानीलाई सङ्कलन गरी स्थानीय जनताको जीविकोपार्जन र आयआर्जनमा जोड दिने उद्देश्यले जलाशयको निर्माणलाई प्राथमिकता दिएको घोराही उपमहानगरका इञ्जिनीयर रामधन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरले अहिले घोराहीको वडा नं १७ को ढिकपुर र गुलरिया, वडा नं १६ को गङ्गटे र ज्यामिरे भन्ने स्थानमा कृत्रिम जलाशय निर्माण गरेको छ ।

यस्तै वडा नं १८ को गिठेपानी, वडा नं १२ को सिस्नेरी, वडा नं १६ को ज्यामिरेमा पहिलेदेखि नै रहेको थप दुई वटा जलाशय मर्मत गरिरहेको छ भने घोराही–१७ गुलरियामा रहेको जलाशय, १६ को गङ्गटे, वडा नं १८ को सल्लाघारी, डवरीलगायत स्थानमा रहेको कृत्रिम जलाशयलाई थप निर्माण तथा मर्मत गरी सिँचाइका लागि पानी प्रशस्त बनाएको छ । यी स्थानमा बनाइएको जलाशयमा स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती गरिरहेको उपमहानगरका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

“सिँचाइ, व्यावसायिक पर्यटन, माछापालन, हाँसपालनका लागि हामीले कृत्रिम जलाशय निर्माण गरेका हाँै”, उहाँले भन्नुभयो, “मुख्य कुरा जलवायु अनुकूलनकै लागि हो ।” गाउँमा रहेको कुवा, इनार, जरुवा, ट्युवेलको पानी नसुकोस् भनेर पनि कृत्रिम जलाशयमा उपमहानगरले लगानी गरेको उहाँको भनाइ छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter