०७ माघ २०८१

खडेरीको सामना गर्न कृषि बालीको विविधिकरणमा जोड

२३ आश्विन २०७५, मंगलवार १६:०५ मा प्रकाशित

काठमाडौँ, २३ असोज,,   कृषि क्षेत्रमा हुने खडेरीसँग जुध्न यससम्बन्धी सूचनाको आदानप्रदान र कृषि बालीको विविधिकरण आवश्यक रहेकामा जोड दिइएको छ ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) द्वारा यहाँ आयोजित खाद्य सुरक्षा र कृषिको नीतिगत तहमा भौगोलिक अन्वेषण र जलवायुको सेवासम्बन्धी तीनदिने क्षेत्रीय सम्मेलनमा यस क्षेत्रका विज्ञहरुले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँहरुले दक्षिण एशिया र दक्षिण पूर्वी एशिया क्षेत्रमा खाद्य सुरक्षा र कृषिको मुख्य चुनौती खडेरी भएको र यससँग जुझ्ने उपायका सम्बन्धमा भएका अनुसन्धानको बारेमा प्रस्तुति गर्नुभएको छ । कार्यक्रममा विज्ञहरुले सुख्खायाममा हुने खडेरीको समाधानका लागि पूर्वतयारी र सोही अनुसारको कृषि प्रणालीमा विविधीकरण गर्न सकिने बारेमा सुझाव दिनुभएको छ ।

सम्मेलनमा खडेरीसँग जुध्न तत्कालीन र दीर्घकालीन समाधानको उपायका साथै पूर्व तयारीका बारेमा समेत विभिन्न सत्रमा छलफल भइरहेको इसिमोडको ‘सर्भिएर’ कार्यक्रमका संयोजक वीरेन्द्र बज्राचार्यले बताउनुभयो ।

सम्मेलन खडेरीबाट जुध्न वैज्ञानिक तरिकाले अध्ययन गर्ने र नीतिगत सरकारी निकायलाई सुझाव दिने उद्देश्यले आयोजना गरिएको हो । सम्मेलनमा अनुुसन्धानकर्ताले खडेरीको सामना गर्न अन्तरिक्षमा आधारित तथ्याङ्कको प्रयोग र उपयोगिताको आवश्यक रहेकामा जोड दिनुभएको छ । मुलकबीच आपसी सहयोग र समन्वयका बारेमा पनि छलफल भएको छ ।
यही असोज २२ देखि २४ सम्म चल्ने सम्मेलन मुख्य रुपमा यस क्षेत्रका सूचना सङ्कलन, आदानप्रदान र उपयोगमा लाभदायी हुने आयोजकको अपेक्षा छ । नासा, युएसआइडीलगायत निकायको सहयोगमा भएको सम्मेलनमा १५ देशका १०० भन्दा सम्बन्धित सरकारी अधिकारी, अनुसन्धानकर्ता, वैज्ञानिक, विश्वविद्यालयका पदाधिकारीलगायतको उपस्थिति छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter