०७ माघ २०८१

पुराना विद्यालयलाई संरक्षण गरिने

२३ आश्विन २०७५, मंगलवार १३:३९ मा प्रकाशित

काठमाडौँ, २३ असोज,,   उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुराना विद्यालयलाई सरकारले संरक्षण गर्ने बताउनुभएको छ ।

महाराजगञ्जस्थित शिवपुरी माध्यामिक विद्यालयको आज आयोजित ७० आँै वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले पुराना विद्यालय ऐतिहासिक सम्पदा भएकाले तिनको संरक्षण गरिने बताउनुभएको हो ।

उपप्रधानमन्त्री पोखरेलले सामुदायिक विद्यालयमा लगानी वृद्धि तथा निजी लगानीका विद्यालयलाई नियमन गर्दै मुलुकको शिक्षा प्रणालीमा देखापरेका समस्या अन्त्य गर्न सरकार लागिपरेको बताउनुभयो ।

सामुदायिक विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेमा जोड दिँदै उहाँले संविधानप्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्दै सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्ने सरकारको सोच रहेको बताउनुभयो ।

काठमाडाँै महानगरपालिका–३ का वडाध्यक्ष दीपक केसीले विद्यालयको शैक्षिक गुणस्तर बढाउन पहल गर्ने जानकारी दिँदै उहाँले यस वडालाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाउने तयारी भइरहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शी पाण्डेले विद्यालयको शैक्षिक गुणस्तर अझ वृद्धि गरिने जानकारी दिनुभयो ।

सन् २००५ मा स्थापित कक्षा १२ सम्मको उक्त विद्यालयमा करीब एक हजार २०० विद्यार्थी अध्ययरत छन् । त्यस अवसरमा विभिन्न अतरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter